समाज

गोरखा–१ का सबै वडालाई स्ट्रेचर

गोरखा–१ प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले आफ्नो क्षेत्र पर्ने सबै वडाका लागि बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर सहयोग गरेका छन्। गोरखा सरदमुकाममा एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरलाई स्ट्रेचर हस्तान्तरण गरेका हुन्।  

गोरखा–१ को अधिकांश भूगोल सडक सन्जालबाट बन्चित रहेको तथा दुर्गम क्षेत्रमा विरामीलाई स्वास्थ्य संस्था सम्म सहज रुपमा बोकेर लैजानका लागि समेत साधन अभाव हुने गरेको छ। बिरामीलाई सहज होस भनेर बजगाँइले स्ट्रेचर वितरण गरेको बताए।

बजगाँइ नेपाली कांग्रेसका सांसद हुन । उनका अनुसार क्षेत्र नं १ मा ५६ वटा वडा रहेका छन्। ती सबै वडालाई एक–एक वडा पुग्ने गरी ५६ वटा स्ट्रेचर हस्तान्तरण गरिएको हो।  

चुनाव जिते पछि विजयी उत्सवमा भोजभत्तेर नगरी जनताको सेवाका लागि पहिलो चरणमा स्ट्रेचर वितरण गरेको उनले बताए।  आगामी दिन जनताको आवश्यकता अनुसार स्वास्थ्य सामग्रीसँगसँगै अन्य सामग्रीहरु पनि उपलब्ध गराउदै जाने उनले प्रतिबद्धता जनाए। बजगाईले उत्तरी गोरखामा घाइते तथा विरामीहरुको हेलिकप्टरबाट उद्धारका लागि समन्वय गर्दै आएका छन्।  

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरले जनताको पीर मर्कालाई बुझेर स्वास्थ्य सामग्री सहयोग गरेको बताए। बजगाईद्वारा जिससलाई हस्तान्तरण गरिएको सामग्री जिसस मार्फत वडामा हस्तान्तरण हुनेछ ।  

प्रकाशित: ४ पुस २०७९ ०७:४३ सोमबार

गोरखा–१ स्ट्रेचर