समाज

करेन्ट लागेर मृत्यु

भक्तपुर- अनन्तलिङ्गेश्वर नगरपालिका वार्ड नं ४ गुण्डुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। नविन बस्नेतको नयाँ बन्दै गरेको घरमा वाईरिङको काम गर्दा करेन्ट लागेर सिन्धुपाल्चोक चौतारा १ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका कौशलटार बस्ने बर्ष ४२ का नेत्र गहतराजको ज्यान गएको हो। उपचारका लागि मध्यपुर अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जनाए।

 

प्रकाशित: १३ असार २०७३ ०९:२५ सोमबार

करेन्ट लागेर मृत्यु