समाज

बसको ठक्करबाट मृत्यु

कोहलपुर-पूर्वपश्चिम राजमार्गको खासकुश्मा रात्री बसको ठक्करबाट एक युवाको मृत्यु भएको छ। नेपालगन्जबाट काठमाण्डौ जाँदै गरेको  ना  ५ ख ७६९९ नम्बरको  बसको ठक्करले खासकुश्मा–२ का ४५ बर्षीय कृष्णबहादुर खत्रीको मृत्यु भएको हो।
सडक बाटोमा हिडिरहेको बेला पछाडिबाट आएको बसले खत्रीलाई ठक्कर दिएको हो। बसको ठक्करबाट गम्भीर घाईते खत्रीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याउँदै गर्दा मृत्यु भएको हो।
गाडी र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: १२ असार २०७३ १४:०१ आइतबार

बसको ठक्करबाट मृत्यु