समाज

प्रहरी जवानको मृत्यु

डोल्पा- उपल्लो डोल्पाको सालटाङ गाविसमा यार्सा सुरक्षाका लागि गएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी जवान दाङका राजेन्द्र बुढा रहेको प्रहरी निरीक्षक  तुलसीराम अर्यालले जानकारी दिए।

सदरमुकामदेखि पाँच दिनको पैदल दूरीमा पर्ने विकट गाविसमा रहेका उनको एक्कासि दायाँ खुट्टा र बायाँ हात नचल्ने भएपछि उपचारका लागि ल्याउँदै गर्दा बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १० असार २०७३ १२:४८ शुक्रबार

प्रहरी जवानको मृत्यु