समाज

उपत्यकाको २० चोकमा ट्राफिक आइल्यान्ड निर्माण

काठमाडौं–  काठमाडौँ उपत्यकाको बीस वटा चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण गरिएको छ। उपत्यकाको पुतलीसडक, पद्यमोदयमोड, चक्रपथ, नयाँ बानेश्वर, दरबारमार्ग, कलङ्की, त्रिपुरेश्वर, कालिमाटीलगायतका चोकमा आइल्यान्ड निर्माण गरिएको हो।

दिगो सहरी विकास आयोजनाको सहयोग तथा काठमाडौँ महानगरपालिका र सडक विभागको सहकार्यमा उक्त आइल्यान्ड निर्माण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए। उनले भने, “सडकमा भीडभाड नभएको बेलामा एकछिन् भए पनि ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिलेको छ।”

उक्त आइल्यान्डमा मोबाइल फोनलाई चार्ज गर्नका लागि सोलारको समेत व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ।

प्रवक्ता मल्लले यसलाई काठमाडौँ उपत्यकाका सम्पूर्ण चोकमा राख्ने वातावरण बनाउन दिगो सहरी विकास आयोजनासँग छलफल गरिरहेको बताए। रासस

 

प्रकाशित: ९ असार २०७३ ११:३७ बिहीबार

उपत्यकाको २० चोकमा ट्राफिक आइल्यान्ड निर्माण