समाज

अर्काको नाममा कोरियाली भाषाको परीक्षा दिने ८८ जना पक्राउ

काठमाडौं— कोरियन भाषा इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार पहिलो सिफ्टमा भएको परीक्षामा काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना गरी २१ जनालाई तथा दोस्रो सिफ्टका काठमाडौँबाट ३८ जना पुरुष ,१ महिला र १ जना बिचौलिया सहित ५७ जना तथा ललितपुसरबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हिजो शनिबार मुलुकका विभिन्न स्थानमा शनिबार कोरियाली भाषा इपिएसको परीक्षा लिइएको थियो।

प्रकाशित: ५ असार २०७३ १३:०९ आइतबार

अर्काको नाममा कोरियाली भाषाको परीक्षा दिने ८८ जना पक्राउ