समाज

चुरे बस्तीमा भाइरल ज्वरोको प्रकोप

चुरे फेदीमा रहेका बस्ती गैडाटारमा भाइरल ज्वरोबाट ग्रसितकाे स्थानीय क्लिनीकमा उपचार गराउँदै विरामी ।

रौतहट–विगत एक हप्तादेखि मौसममा आएको परिवर्तनसँगै रौतहटको चुरे क्षेत्रका बस्तीमा भाइरल ज्वरोको प्रकोप बढेको छ। चुरेफेदीका गाउँमा भाइरल ज्वराको प्रकोप देखिएपनि सरकारी अस्पतालमा औषधिको अभाव भएको छ।
जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिका–२ गैडाटार टोलको महादेव डाँडा, मोरंगे, चिसापानी, हिलेखोला, रतौली, धियाललगायत गाउँमा भाइरल ज्वरो महामारीकै रुपमा फैलिँदै गएको हो।
करिव पाँच सयभन्दा बढी घरधुरी भएको गाउमा अधिकांश घरपरिवारमा भइरल ज्वरोको प्रकोप देखिएपनि गैडाटार उपस्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ। औषधि अभावमा विरामी निजी क्लिनिकमा उपचार गराउन बाध्य भएको स्थानीयले बताएका छन्।
गौडाटारमा सञ्चालित तिमलसिना क्लिनिकमा अहिले दैनिक ३० देखि ४० जना र उपस्वास्थ्य चौकीमा २० देखि २५ जना विरामी उपचारकालागि आउने गरेको गैडाटार उपस्वास्थ्य चौकीका प्रमुख कुलप्रसाद तिमल्सीनाले बताए।
ज्वरोबाट सिकिस्त भएर १४ महिनाका तेजकुमार जिम्बा, तिर्थराज जिम्बा, हस्तवहादुर थिग, राजु घिमिरे, सरीता घिमिरेलगायतका २५ जना भन्दा बढी विरामीको उपचार गराएको तिमल्सीना क्लिनिकका सञ्चालक गोविन्द तिमल्सीनाले बताए ।
सरकारी अस्पतालमा औषधि अभाव भएपछि बाहिरैबाट औषधि किनेल लैजानु परेपछि आफूहरु निजी क्लिनिकमै आएर उपचार गराउन बाध्य भएको तेज कुमार जिम्बाले बताए । मोरंगे बस्तीमा घर घरमा भाइरल ज्वरोबाट सिकिस्त भएको विरामी भएपनि उपचार गराउन करिव २ घण्टा पैदल हिडेर आउनु परेको उनले बताए ।
यस्तै महादेव डाँडाबाट निजी क्लिनिकमा उपचार गराउन आएका १० वर्षीय अकाश घलानले पनि ८ दिन देखि भइरल रोगको चपेटामा परेको बताए। भाइरल ज्वरो निको पार्न धेरै खर्च गर्नुपर्ने तर सरकारी स्वास्थ्य चौकीमा औषधि नहुँदा बाहिरबाट किन्नु परेका बालक अकाशको बुवा दिवश घलानले गुनासो गरे ।
बालकदेखि वृद्ध सम्म भाइरल ज्वरोको चपेटामा परेको बताउँदै गैडाटार वरिपरिका बस्तीमा भाइरल ज्वरोको प्रकोप बढेको जानकारी दिए । चर्को गर्मीबाट एक्कासी पानी परेर चिसो मौसम हुँदा भइरल ज्वरोको प्रकोप बढेको  हो।
गैडाटारमा रहेको सरकारी स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट कुलप्रसाद तिमलसिनाले भाइरल ज्वरो, स्कीन रोग, डाइरियाबाट प्रभावित भएर दैनिक २० जना भन्दा बढी विरामी उपचारको लागि आउने गरेको बताए । उनीहरुलाई उपचार गर्न औषधिको चरम अभाव रहँदा जिल्लासँग माग गरेपनि अहिले सम्म औषधि उपलब्ध नभएको जानकारी दिए । जिल्लामा औषधिको टेण्डर ढिलो भएको हुनाले समयमा औषधि पुग्न नसकेको गुनासो गरे ।
सरकारी स्वास्थ्य चौकीमा औषपधको अभाव भएपछि विरामी निजी क्लिनिकमा गएर उपचार गराइरहेको भएपनि असहाय एवं गरिव परिवारका विरामीहरु उपचारको लागि यहाँ आउने गरेको समेत हेल्थ अशिष्टेण्ट तिमलसिनाले बताए ।

 

प्रकाशित: ४ असार २०७३ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App