समाज

योमरी हेर्न सर्वसाधारणदेखि सांसदसम्म

भक्तपुरमा शनिबार भएको योमरी (नेवार समुदायले योमरी पूर्णिमाको दिन खाने पीठोबाट बनाइने विशेष प्रकारको रोटी) हेर्न सर्वसाधारणदेखि सांसदसम्म पुगेका छन्। भक्तपुरको दतात्रयमा भएको प्रदर्शनी हेर्न बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईदेखि हजारौ सर्वसाधारणको भीड लागेको थियो। प्रदर्शनी दिउँंसो दुईबजेदेखि साँंझ सात बजेसम्म भएको थियो।  

भक्तपुरको मौलिक खाद्यान्नका परिकारलाई व्यवसायिक बनाउन सहयोग गर्ने उेद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा ३५ देखि ४० वटा स्टलहरु रहेका थिए। ती स्टलहरुमा योमरीका साथै सम्हेवजी (सवै खाद्यवस्तु मिसाएर तयार पार्ने एक प्रकारको भोजको सेट) को पनि प्रदर्शनी गरिएको थियो। साथै चटामारी (चामलको पीठोबाट बनाइने एक प्रकारको रोटी) को पनि प्रदर्शनी गरिएको थियो। यी सवै खाद्य परिकारको प्रदर्शनी तथा विक्रीवितरण पनि गरिएको थियो। प्रदर्शनीमा सहभागी व्यक्तिहरु प्रदर्शनीस्थलमै पकाएका योमरी लगायतका तातोतातो नेवारी खाद्य परिकारहरु खान पाउँंदा दंग देखिएका थिए।  

नगरबासी परिवारले नगरपालिकाको संयोजनमा त्यहाँं ती नेवारी खाद्य वस्तुको स्टल राखी प्रदर्शनका साथै विक्रीवितरण गरेका थिए। यसअघि नगरपालिकाले पूर्व सूचना जारी गरी इच्छुक परिवार, संघसंस्थाहरुलाई प्रर्दशनमा सहभागिता जनाउन आह्वा गरेको थियो। त्यही आह्वान अनुसार इच्छुकहरुले स्टलमै पकाइ प्रदर्शन गर्नुका साथै विक्रीवितरण पनि गरेका थिए। नगरपालिकाले संयोजन मात्रै गरिदिएको कार्यक्रममा विक्रीवितरण गरेका सवै खाद्य सामाग्रीको हिसावकिताव सवै सम्वन्धित परिवार र संघसंस्थाले नै राखेका थिए।  

प्रदर्शनीका क्रममा भक्तपुरको प्रख्यात जुजु धौ (दही), तोरीको तेल र भादगाउँंले टोपीको पनि प्रदर्शनी गरिएको थियो। साथै विक्रीवितरण पनि गरिएको थियो। साथसाथै विभिन्न साँंस्कृतिक प्रदर्शनी पनि गरिएको थियो। भैल प्याख (नाच), माक प्याख, लाखे प्याख, फाकन्डली प्याख (विभिन्न प्रकारका नाचहरु), बासुरी बाजाको पनि प्रस्तुति गरिएको थियो। अन्तिममा राति नौबाजा (एक प्रकारको बाजा) को प्रस्तुति गरिएको थियो। साथै औपचारिक कार्यक्रम गरी सहभागीहरुलाई राति धन्यवाद ज्ञापन गरिएको थियो।  

यसअघि दिउँंसो साँंस्कृतिक पदयात्रा गरिएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दरवार स्क्वायरबाट पदयात्रा सुरु भएको थियो। पदयात्राले  भक्तपुर नगरको परिक्रमा गरी योमरी प्रदर्शनी स्टल दतात्रयमा पुगेपछि टुंगिएको थियो।  

भक्तपुर नगरपालिकाको आयोजना तथा भक्तपुर नगरपालिका वडा नं ८,९ र १० को संयोजनमा कार्यक्रम भएको हो। भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले योमरी प्रदर्शनीको क्रममा योमरी बनाउने कला पनि देखाइएको जनाए। भक्तपुरमा भएका आफ्नै परम्परागत पोशाक, खेल, बाजागाजा र खानेकुराको परिकारलाई व्यवसायिक रूपमा लानसक्ने बनाउन सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको उनले बताए।  

तस्वीरहरु:

प्रकाशित: २४ मंसिर २०७९ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App