समाज

नेपालगन्जमा भ्रष्टाचार विरुद्ध बृहत ‘वाकाथन’

भष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२२ का अवसरमा नेपालगन्जमा शुक्रबार बृहत ‘वाकाथन’ गरिएको छ। भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको ब्यवस्थापनमा वाकाथन गरिएको हो।  

स्थानीय गणेशमान चोकबाट सुरु भएको वाकाथन चारबाहिनी चोक, अस्पताल रोड, सदरलाईन, त्रिभुवन चोक, विपी चोक हुदै नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी पुगेर समापन भएको थियो। वाकाथनमा विभिन्न ब्यानर र प्लेकार्ड सहित भ्रष्टाचार विरुद्धका अभियन्ताहरु, नागरिक समाजका अगुवा तथा प्रतिनिधि, बासका स्वयं सेवक, सञ्चारकर्मी, बिद्यार्थी, शिक्षक लगायतको उपस्थित भएका थिए।

प्रकाशित: २३ मंसिर २०७९ १२:०८ शुक्रबार

भष्टचार