समाज

पोखरीमा बृद्ध मृत अवस्थामा फेला

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ कर्महवा स्थित पोखरीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन्।  ७६ वर्षीय राम शरण अहिर आफ्नै घर नजिक रहेको सार्वजनिक पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। 

गत सोमबार राति घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो। घटनाको अनुसंधान भईरहेको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए।  

प्रकाशित: २३ मंसिर २०७९ ११:३५ शुक्रबार

कपिलवस्तु मायादेवी गाउँपालिका