समाज

जुम्ला तातोपानीमा महासंघको साधारण सभा र मिडिया सम्मेलन सम्पन्न

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ साधारणसभा पर्यटकीय केन्द्र तातोपानीमा सम्पन्न भएको छ। महासंघको साधारणसभाबाट पत्रकारिता क्षेत्रका मुद्दाको सवालमा जोड दिदै घोषणा पत्र समेत जारी गरिएको हो।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको साधारणसभाको अवसरमा जारी घोषणा पत्रमा पत्रकारहरुको पेशागत ग्यारेन्टी, क्षमता अभिवृद्धि, राष्ट्रिय संचारगृहमा कार्यरत पत्रकारलाई तलवीको पहलदेखी तातोपानी धारासहित जुम्लाका पर्यटकीय प्रवर्धनका बिषयमा प्रचार प्रसार गर्ने घोषणापत्रमा भनिएको छ।

तातोपानीमा साधारणसभा तथा मिडिया सम्मेलनले जुम्ली पत्रकारहरुको हक, हित संरक्षण तथा पेशागत सुरक्षाको पहलको थप प्रतिवद्धता, राज्य र सरोकारवाला निकाय सँग पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग, राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल कर्णालीका स्टेञ्जर पत्रकारलाई तलवी बनाउन राष्ट्रिय स्तरका मिडिया हाउस सबैलाई अपिल गर्दै स्टेञ्जर प्रथाको अन्त्य गर्न साधारणसभाले जोडदार माग गरेको उल्लेख छ।

साधारणसभामा महासंघका पुर्व अध्यक्ष,महासंघका सस्थापक,अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: २२ मंसिर २०७९ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App