समाज

मातापिताको नाममा ४२ लाखको भवन मन्दिरलाई निर्माण

इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराका समाजसेवी टंकनाथ नेपाल र उनकी श्रीमती रिमा नेपालले ४२ लाख रुपैयाँ बराबरको भवन मन्दिरका लागि निर्माण गरेका छन्। नेपाल दम्पतीले आफ्ना मातापिताको नाममा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई  भवन बनाई दिएका हुन्।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै मन्दिर व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरियो। नेपाल दम्पतीले आफ्ना पिता लक्ष्मीप्रसाद नेपाल र माता इश्वरादेवी नेपालको स्मृतिमा भवन निर्माण गरी दिएका हुन्। नेपाल दम्पतीले निर्माण गरेको मन्दिर परिसरमा नेपालले किरिया पुत्रीका लागि लक्षित गरी चारकोठे एक तले भवन निर्माण गरिएको हो। भवन हस्तान्तरण कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले नेपाल दम्पतीले गरेको कार्यको प्रशंसा गरे।

धार्मिक क्रियाकलाप गर्ने उद्देश्यले निर्माण भएको राधाकृष्ण मन्दिर परिसरमा किरिया पुत्रीका लागि र घरकोठामा बस्नेहरूका लागि भवन निर्माणले सहज हुने भएको छ। कार्यक्रममा नयाँ वृन्दावन गौशालाका प्रमुख दिनबन्धु शास्त्रीले अहिलेको समयमा पूण्य काम गर्ने मानिस भेट्न मुस्किल पर्ने अवस्थामा नेपाल दम्पतीले गरेको कार्य उदाहरणीय भएको बताए।  

प्रकाशित: २१ मंसिर २०७९ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App