समाज

कालिकोटमा नुन अभाव

कालिकोट जिल्लाको सदरमुकाम मान्ममा रहेको डिपोमा नुन सकिएको छ। साल्ट ट्रेनिङ्ग कर्पोरेशन शाखा कार्यालय मान्ममा नुन सकिएको हो।  

यो बर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको डिपोका कर्मचारी लालबहादुर बमले जानकारी दिए। अहिले सो नुन पनि सकिएको उनले बताए।

साल्ट ट्रेनिङ्ग कर्पोरेशन डिपो कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई नुन लिन नआउन आग्रह गरेको छ। 

प्रकाशित: २० मंसिर २०७९ ०७:२० मंगलबार