समाज

पेट्रोलियम पदार्थको मूल्य समायोजनकाे माग गर्दै नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको विरोध

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै विरोध गरेको छ।

अखिल क्रान्तिकारीले नेपाल आयल निगमको केन्द्रिय कार्यालय, टेकु अगाडि विरोध गरेको हो। अन्तर्राष्ट्रिय रुपमा घटेर आएको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब दिँदै उनीहरुले विरोध गरेका छन्।

प्रकाशित: १८ मंसिर २०७९ ०८:२१ आइतबार

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी