समाज

मन्दिरका सामग्री चोरी गर्ने ३ गिरोह पक्राउ

लमजुङको बेसिशहर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूबाट मन्दिरका घण्टी, मूर्ति कलश लगायतका धातुहरू चोरी गर्ने गिरोहलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।

मन्दिरका सामग्री चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले विशेष टोली खटाई अनुसन्धान गर्ने क्रममा मन्दिरका सामानहरू चोरी गर्ने ३ गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।  

प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा संलग्न व्यक्तिहरूले मन्दिरमा रहेका मूर्ति लगायतका धातुका सामाग्री चोरी गरी चितवनको नारायणघाट बजारमा बिक्री वितरण गर्ने गरेको खुलेको छ।  

चोरी कार्यमा संलग्न ३ जनालाई जिल्ला अदालत लमजुङ बाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७९ १२:३२ शुक्रबार

लमजुङको बेसिशहर नगरपालिका