समाज

सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका सँगको समन्वयमा  काठमाडौं महानगरपालिका अन्तरगतका ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा दिन आजबाट सुरु गरेको छ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा  संचालन गरिएको बताएका हुन्।  

उनले भने, ‘बालबालिकालाई विद्यालयको एसेम्बलीको समयमा ट्राफिक नियम सम्वन्धी सचेतना कक्षा दिएको हो जसमा बाटोमा हिँडदा र वाटो काट्दा ध्यान पुर्‍याउँनु पर्ने कुराहरु एवं सडक सुरक्षा सम्बन्धी आधारभुत कुराहरु सम्बन्धी विषयहरु रहेको छ।’

आज काठमाडौं नक्साल स्थित श्री नन्दीरात्री माध्यमिक विद्यालय,श्री केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्री कमल आधारभुत विद्यालय, महाराजगंज स्थित श्री शिवपुरी माध्यमिक विद्यालय र, बानेश्वर स्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा अध्ययनरत १९३० जना बालबालिकालाई सचेतना कक्षा दिएको हो।  

प्रकाशित: १५ मंसिर २०७९ १२:५८ बिहीबार

काठमाडौं महानगरपालिका सामुदायिक विद्यालय काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय