समाज

आज मौसम सफा रहने

हाल देशका पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०३:५८ मंगलबार

जल तथा मौसम विज्ञान विभाग