समाज

कालिकोटका दश उम्मेदवारको जमानत जफत

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएका कालिकोटका दश जनाको जमानत जफत भएको छ। विभिन्न दल र स्वतन्त्र गरी चुनाव लढेका प्रतिनिधि सभाका पाँच जना र प्रदेश सभाका पाँच जना गरी जम्मा दश जनाको जमानथ जफत भएको हो।

जम्मा सदर मतको दश प्रतिसत मत कटाउन नसकेपछि उनिहरुको जमानथ जफत भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत भरत लम्सालले कुल सदर मत कालिकोटमा प्रतिनिधि सभा तर्फ ४४ हजार २ ६६ मतमा विजयी र प्रमुख प्रतिस्पर्धी उम्मेदवार वाहेक अरु कसैले पनि दश प्रतिशत मत ल्याउन नसकेको बताए।

धरौटी जफत हुनेहरुमा राप्रपाका धनवहादुर वुढाको ३.५९ प्रतिशत,नेपाल मजदुर किसान पार्टीका खड्कराज शाहीको २.४८ प्रतिसत,नेपाली कांग्रेस बिपिका पंखवहादुर बिष्टले ०.३१ प्रतिशत मत आएको थियो।

यस्तै स्वतन्त्र उम्मेदवार काशिचन्द्र वरालले २.०४ प्रतिशत, धनप्रसाद पाण्डेले ०.१८ प्रतिशत मत प्राप्त गरेपछि उनिहरु पाँचै जनाको जमानथ जफत भएको हो। प्रदेश सभा तर्फ पनि पाँच जनाको जमानथ जफत भएको छ। प्रदेश सभा एक तर्फ नेपाल मजदुर किसान पार्टीका रबिन्द्र शाही र राप्रपाका सुर्यवहादुर शाहीको जमानथ जफत भएको हो। उनिहरुले क्रमस ६.१० र ५.५७ प्रतिशत मत ल्याएका छन्। यो प्रदेशमा जम्मा १९ हजार ९१० मत सदर भएको थियो।

गठबन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका दुर्गवहादुर रावतले ९ हजार १४ मत अर्थात ४६.९२ प्रतिसत र उनका प्रतिस्पर्धी नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९५३ अर्थात ४१.४० प्रतिशत मत प्राप्त गरेका थिए।

यस्तै प्रदेश सभा दुई तर्फ नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बिश्वराज बमले ९.९९ प्रतिशत, नेपाली कांग्रेस बिपिका कर्णवहादुर मल्लले ०.६४ प्रतिशत र नेपाल मजदुर किसान पार्टीका जनकवहादुर बिष्टले ०.६५ प्रतिशत मत मात्र प्राप्त गरेपछि धरौटी जमाथन जफत भएको हो । यो प्रदेशमा जम्मा २५ हजार ३४४ मत सदर भएको थियो। यो प्रदेशमा स्वतन्त्र उम्मेदवार लक्ष्मणवहादुर बमले भने जमानथ जोगाएका छन्।

उनले ११.३२ प्रतिसत मत प्राप्त गरेपछि जमाथन जोगिएको हो। विजयी उम्मेदवार गठबन्धनको तर्फवाट नेकपाली कांग्रेसका हिक्मत बिस्टले १३ हजार ७८३ अर्थात ५४.३५ प्रतिसत उनका निकट्तम प्रतिस्पर्धी एमालेका बिरेन्द्रवहादुर वोगटीले पाँच हजार ८३८ अर्थात २३.०३ प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयको अभिलेखमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०७९ ११:५३ सोमबार