समाज

थापाथलीको सुकुम्वासी बस्ती हटाउँदै महानगर, प्रतिकार गर्न टायर बालेर प्रर्दशन

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ।

अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ। सुकुम्बासीहरुले डोजरको प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन्। काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता, सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन्। उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।

प्रकाशित: १२ मंसिर २०७९ १०:०६ सोमबार