समाज

पेस्तोल र ब्राउनसुगर सहित २ जना पक्राउ

पेस्तोल र लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ६ रजवापुर बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

स्थानीय लाला भन्ने जुल्फेकार अहमद मुसलमानको घरमा लुकाएको अवस्थामा ६ राउण्ड गोली लोड गरेको मेडईन अमेरिका लेखिएको १ थान पेस्तोल बरामद गरिएको हो। यस्तै ७५ ग्राम १५५ मिलिग्राम लागु औषध ब्राउन सुगर समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए। सो सँगै ब्राउन सुगर बिक्री गरेको १ लाख ५३ हजार ७ सय नेपाली रुपैयाँ, ४ हजार १ सय भारतीय रुपैयाँ समेतच बरामद भएको छ।

सिंगापुर कुवेत, घाना, कतार र फिलिपिन्सको मुद्रा, स्विच अफ गरी राखेका १५ थान मोबाईल र ब्राउन सुगर तौल गर्ने ४ थान डिजिटल मेसिन समेत बरामद गरेको घललेबताए। लागु औषध बिक्रीमा संलग्न जुल्फेकार अहमद सगै उनका भाई नदिम अहमद मुसलमानलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाएको नायब उपरीक्षक घलेले जनाए।

प्रकाशित: ८ मंसिर २०७९ ०९:०४ बिहीबार