समाज

रुकुम पश्चिममा मतपेटिका आईपुगेन

सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आई नपुगेका कारण अहिले सम्म रुकुम पश्चिममा मतगणना सुरु हुन सकेको छैन। आठबिसकोट नगरपालिकाका १ देखि ६ बडाको मतपेटिका आउन बाँकी रहेको छ।

यहाँका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार अब ६ वटा वडामा रहेका मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले आजै बेलुकि ७ बजे सम्म मतगणना सुरु गर्ने तयारी गरेको जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले गणना गर्ने स्थान साघुरो भएका कारण कसरी धेरै ठाउँमा गणना गर्ने भनि सर्वदलिय बैठक समेत बसालेको बताए। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको रुकुम पश्चिममा ५८ प्रतिशत मतदान भएको थियो।

प्रकाशित: ५ मंसिर २०७९ १०:४९ सोमबार