समाज

चितवन क्षेत्र नम्बर २ को मत १ बजेपछि गणना गरिने

चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेपछि मात्र मतगणना सुरु हुने भएको छ। भर्खर सकिएको सर्वदलीय बैठकले सो निर्णय गरेको छ। 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार ठाउँबाट मतगणना गरिनेछ। मतगणना चितवन उद्योग संघको हलमा गरिने छ। यस क्षेत्रबाट राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका २० जना चुनावी मैदानमा छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०४:४७ सोमबार

Election 2079