राजनीतिक दलका नेताहरुबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
गुर्भाकोट नगर पालिका-११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र र सिम्ता गाउँपालिका-९ डाँडा खानीमा दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको हो। ती मतदान केन्द्रमा नेपाली सेनाले मतदान केन्द्र सुरक्षित राखेको जनाइएको छ।
प्रकाशित: ४ मंसिर २०७९ ०६:२१ आइतबार