राजनीति

ताप्लेजुङमा बिहीबार मध्यरातिदेखि मादक पदार्थ बिक्रीमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंसिर १ गते बिहीबार मध्यरातिदेखि मंसिर ४ गते मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिबन्ध गरेको छ।  

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन स्वच्छ,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन निर्देशिकाको व्यवस्था अनुसार उक्त निर्णय भएको जानकारी दिए। निर्णय प्रतिकुल कार्य गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रजिअ पोखरेलले बताएका छन्।  

मंसिर १ गते बिहीबार मध्यरातिदेखि मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी कोहिकसै व्यक्तिले कुनैपनि प्रकारको हातहतियार लिएर हिड्न समेत प्रवन्ध गरिएको प्रशासन कार्यालयले जनाएको छ। प्रशासनको सूचना विपरित कसैले हातहतियार लिएर हिंडेमा कानुन बमोजिम कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ।  

सीमा नाका बन्द  

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार मध्यरातिदेखि मंसिर ४ गते मध्यरातिसम्म भारत र चीनसंग सीमा जोडिएका ताप्लेजुङका सीमा क्षेत्र बन्द गरेको छ। बुधबार सूचना जारी गर्दै प्रशासन कार्यालयले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द हुने जनाएको छ। नेपालका ७७ जिल्लामध्ये ताप्लेजुङ र र दार्चुलाले मात्र भारत र चीन दुबैलाई छोएका छन्।  

प्रकाशित: ३० कार्तिक २०७९ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App