राजनीति

ओलीलाई दाहालको प्रश्न: अब फेरि संविधान च्यात्नका लागि जनमत देऊ भनेको हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिका लागि जनताले दिएको बहुमतलाई लत्याएर संसद विगठन मार्फत संविधान मास्ने हर्ताकर्ताको रुपमा ब्याख्या गरेका छन्।  

संविधान मास्ने ओलीको हर्कत गलत भएको टिप्पणी गर्दै उनले संविधान र विद्यमान राजनीतिक प्रणालीको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेको पनि बताएका छन्। लोकतान्त्रिक–बाम गठबन्धनले ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै दाहालले ओलीलाई गणतन्त्रविरोेधी समेत आरोप लगाए।‘अहिलेको निर्वाचन संविधान मास्ने,गणतन्त्र संघीयता खोस्ने र राजतन्त्र ल्याउन खोज्नेका विरुद्ध संविधान रक्षा र गणतन्त्रको संस्थागत विकास पक्षधरहरुको जनमत संग्रह जस्तै हो’दाहालले भने।  

एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी भएकोले जनताले मंसिर ४ गतेको निर्वाचन मार्फत संविधान मास्न खोज्ने त्यो शक्तिलाई परास्त गर्नुपर्ने दाहालको भनाई थियो। ‘ओली जी अब फेरी संविधान च्यात्नका लागि जनमत देउ भनेर जनतामाझ जानु हुन्छ? ’ओलीलाई दाहालले व्यङ्ग गरे। शान्ति प्रकृयालाई अन्तिम निश्कर्षमा पु¥याई विकास,समृद्धि र संविधानको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेको दाहालको भनाई थियो।  

राजनीतिक र आर्थिक क्रान्तिको तादम्यता नमिल्दा देशमा राजनीतिक स्थिरता धरापमा पर्ने महशुस गरेर अब लोकतान्त्रिक–बाम गठबन्धन त्यसतर्फ केन्द्रित हुने दाहालले बताए। आउँदो निर्वाचनमार्फत गठबन्धनलाई बहुमत दिएर प्रतिगनम विरुद्धको लडाईमा उच्च सफलता हासिँल गर्ने अवसरको रुपमा निर्वाचनलाई लिनुपर्ने समेत दाहालले बताए। ‘जय नेपाल,लाल सलाम भन्दै मन्तव्य सुरु गरेका उनले विस्तृत शान्ति सम्झौताको एउटै कागजमा एकापटि काँग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइराला र अर्कोपटि आफुले सहि गरेर जय नेपाल,लाल सलाम भन्ने शब्द सम्बोधन गरेको स्मरण गर्दै दाहालले त्यहिँ बेलाबाट सुरु भएको जय नेपाल,लाल सलामको गठबन्धनले शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पु¥याउने र संविधानको रक्षा गर्दै संविधानको विकास र परिमार्जनतर्फ केन्द्रित हुने बताए।  

२०७४ सालको चुनावी सभामा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टराईलाई लक्षित गर्दै‘जिताएर पठाउनुहोस् मन्त्रीको बिल्ला भिराएर पठाउँछु भनेकै स्थलमा सम्बोधन गर्दै दाहालले लोकतान्त्रिक–बाम गठबन्धनका माओवादी उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई जिताएर पठाए मन्त्री बनाउने जिम्मा आफुले लिने दाबी गरे। दाहालले प्रदेश १ को नाम किराँत प्रदेश राख्न उचित हुने आफ्नो बुझाई रहेको बताउँदै गठबन्धन दलहरुका बीचमा यो प्रस्ताव लगेर निश्कर्षमा पुग्ने सुनाए। कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशसरण महतले आउँदो निर्वाचन गठबन्धनले जित्दा देशको विकासले गति लिने दाबी गरे।  

प्रकाशित: ३० कार्तिक २०७९ ११:२८ बुधबार

पुष्पकमल दाहाल