राजनीति

चुनावी कार्यक्रममा सहभागी हुन बुधबार गृह जिल्ला डडेल्धुरा जाँदै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला जाने भएका छन्। देउवा भोलि गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुन डडेल्धुरा जान लागेका हुन्।  

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला पुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।  

उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ।  

यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए। सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए। 

प्रकाशित: २९ कार्तिक २०७९ १३:५९ मंगलबार

सभापति शेरबहादुर देउवा