राजनीति

मतदान केन्द्रमा सियो, धागोदेखि सुतलीसम्म, अरु के–के ?

मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रमा ७२ प्रकारका चुनावी सामाग्री प्रयोग हुने भएका छन्।

सियो, धागो, सुतली (डोरी) जस्ता अति सामान्यदेखि मतपत्र, मतपेटिक लगायत अति महत्वपूर्ण सामाग्री प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी विकासशर्मा रिजालले जानकारी दिए।  

उनका अनुसार निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ। सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको छ।  

मतदान केन्द्रमा पत्रपत्र, मतपेटिका, स्वस्तिक छाप, रंगिन र सादा मतदाता नामावाली, सुरक्षा सिल, पर्मानेन्ट मार्कर, सियो, धागो, खापसियो, सलाई, मैनबत्ती, लाह, स्ट्याम्प, स्टिज, त्यसको पिन, फोटोकपी पेपर, नेपाली कागज, छेकाबार, रबर म्याट, सुतली लगायत सामाग्री प्रयोगमा आउने छन्।  

त्यस्तै सेतो कपडाको बोरा, भित्र, बाहिर, महिला, पुरुष जनाउने कार्ड, कर्मचारी परिचयपत्र, उम्मेदवार प्रतिनिधि परिचयपत्र, उम्मेदवार र स्वयम्सेवक परिचयपत्र, विभिन्न अनुसूची लगायत पनि ७७ प्रकारका निर्वाचन सामाग्रीमा समेटिएका छन्।  

चार प्रकारका मतपत्र प्रयोगमा आउने छन्। आयोगले प्रत्यक्ष र समानुपातिकका फरक–फरक रंगमा पत्रपत्र प्रयोगमा ल्याइँदै छ।  

प्रकाशित: २९ कार्तिक २०७९ ०९:४७ मंगलबार

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन