राजनीति

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली आउँदै

शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार कर्णाली आउँदैछन्। देउवा र प्रचण्डले सुर्खेत र दैलेखमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

देउवा र प्रचण्डले मंगलबार ११ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनीमा हुने आमसभालाई सम्बोधन गर्नेछन्। नेपाली कांग्रेसका नगर सभापति हस्त पुनका अनुसार खैरेनीमा हुने उक्त आमसभालाई देउवा, प्रचण्डसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन्।

सुर्खेतको आमसभालाई सम्बोधन गरेपछि देउवा र प्रचण्ड दैलेखको दुल्लूमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ। दैलेख–२ मा कांग्रेसका दिक्पाल शाही प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। यहाँ प्रदेशसभामा कांग्रेसका घनश्याम भण्डारी र माओवादी केन्द्रका योगेन्द्र शाही उम्मेदवार छन्।

प्रकाशित: २९ कार्तिक २०७९ ०५:०८ मंगलबार

शेरबहादुर देउवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आम निर्वाचन २०७९