राजनीति

ताप्लेजुङका ६ मतदान अधिकृतले बुझे निर्वाचन सामग्री

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा टाढा र दुर्गम क्षेत्रमा रहेका ताप्लेजुङका मतदान केन्द्रहरुमा जाने निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतहरुलाई बुझाउन थालिएको छ।  

सोमबार यहाँका दुर्गम ६ स्थानको निर्वाचन सामग्री  सम्बन्धित मतदान अधिकृतलाई बुझाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।  

जिल्ला निर्वाचन कार्यालयले चुनावी सामग्रीका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र सम्बन्धित मतदान अधिकृतलाई बुझाएको छ। यहाँको उत्तरी चार क्षेत्र क्रमश ग्याब्ला,घुन्सा,याङमा र ओलाङचुङगोलामा रहेका मतदान केन्द्र तथा सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाको हरिसे र तेम्बोक क्षेत्रका गरी ६ मतदान केन्द्रहरुमा जाने निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतलाई बुझाइएको हो। ताप्लेजुङमा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।  

प्रकाशित: २८ कार्तिक २०७९ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App