राजनीति

समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।  

काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफुहरुले पुरा गर्ने बताए।  

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे। सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको बताउँदै उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्क भएको बताए। 

प्रकाशित: २८ कार्तिक २०७९ ०७:५१ सोमबार

जीवनराम श्रेष्ठ