राजनीति

गृह मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँको पहिचान गर्नुपर्छः निर्वाचन आयुक्तहरु

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहीतामा कडाइ गरेका कारण उल्लंघनका घट्ना कम भएको बताएका छन्।  

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीतामा निर्वाचन आयोगले कडाइ गरेका कारण निर्वाचन आचारसंहीता उल्लंघनका घट्ना कम भएको बताएका हुन्। उनले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रुपमा प्रस्तुत भएको बताए। 

आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै उनले आचारसंहीता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको बताए। आयुक्त भण्डारीले बढी आचारसंहीता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरु घट्न नपाएको उल्लेख गरे।  

त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरु पहिचान गर्नुपर्ने बताए। विगतको निर्वाचनमा हुलदंगा भए÷नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उनको भनाइ छ।

उनले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताए। उनले ¥यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरुलाई रोक्न सकिने बताए।  

प्रकाशित: २७ कार्तिक २०७९ ०९:४३ आइतबार

गृह मन्त्रालय