राजनीति

स्थानीयको समस्या समाधानका लागि लड्नेछुः कुन्ती पोखरेल

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताएकी छिन्।

आइतबार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन्। उनले आफूले काठमाडौं क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि आफूले भुमिका खेल्ने बताइन्। संघीय सरकारसँग प्रशस्त बजेट भएपनि काठमाडौं क्षेत्र नं. २ मा काम गर्ने मान्छे नभएको उनले बताइन्। स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने उनको भनाइ छ।

उनले राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको प्रतिक्रिया दिइन्। चुनावी गीत, संगीत र चुनाव चिन्ह हलोमा भोट हाल्न अपील गर्ने नाराबाजीसहित पोखरेलको घरदैलो चलेको थियो। उनले आफू धेरैभन्दा धेरै मतदाताको घरमा पुग्ने प्रयास गरिरहेको बताइन्।

प्रकाशित: २७ कार्तिक २०७९ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App