राजनीति

गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैनः शाह

रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जितलाई अब कसैले रोक्न नसक्ने बताएका छन्।

क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेता शाहले लोकतान्त्रिक संविधानको रक्षा गर्दै जनताको जीवनस्तरमा परिर्वतन ल्याउन गठबन्धनका दलहरुले जित्नु पर्ने बताएका हुन्। आफूले पाएको जनमतको कदर गर्न नसक्ने एमाले र तीनका नेतालाइ जनताले राम्रोसँग चिनिसकेकाले यसपाली ५ दलिय गठबन्धनका उम्मेदवारहरुलाई मत दिने दावी गरे।  ‘मैले दिनरात नभनी यस क्षेत्रको विकासमा खटिएको छु। यहाँका मतदाताले पनि यो कुरा महशुस गर्नु भएको छ र फेरि पनि हामीलाई  सेवा गर्ने मौका दिनुहुने छ भन्नेमा विश्वस्त छु’ नेता शाहले भने।आफूले मात्रै नभइ गठबन्धनका उम्मेदववर सबैले जित्ने दावी पनि गरे।  

नेता शाहले मंसिर ४ गतेपछि बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान गर्ने बताए। यसअघि सुकुम्बासी समस्या समाधान गर्न आफूले पहल गरेको उल्लेख गदै उनले  अब कांग्रेस नेतृत्वको सरकार बनेपछि सुकुम्बासी समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता जनाए। शाहले शनिबार घरदैलो कार्यक्रम पनि गरेका छन्। सो क्रममा  शाहसँग स्थानीयले आफूहरुलाइ विकास चाहिएको र किसानका सुकुम्बासीका समस्या समाधान हुने गरी काम गर्न आग्रह गरेका थिए। यसअघि शाहलाई जिताएर पठाउँदा  सिचाइं,सडक,खानेपानी जस्ता महत्वपूर्ण आयोजना ल्याएर गाउँका विकास गरेको भन्दै स्थानीयले अव बेरोजगारी समस्या,अव्यवस्थित तथा सुकुम्बासी समस्या र मल बिउको अभाव जस्ता समस्या समाधान गर्ने गरी काम गर्न सुझाव दिएका थिए।

रुपन्देहीमा पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवा लगायत क्षेत्रका स्थानीयले नेता शाहकै कारण आफूहरुको क्षेत्रमा सडक कालोपत्रे भएको, ग्रामिण सडक स्तरोन्नती भएको, गाउँमा सिंचार्इं, स्वास्थ्य चौकी निर्माण हुने क्रममा रहेको र विद्यालयको संख्या समेत वृद्धि भएको वताउँदै शाह विकासप्रेमी नेता भएको बताए।

सार्वजनिक लेखा समितिका पूर्व सभापति, पूर्व सांसद तथा पूर्व अर्थ राज्यमन्त्री शाहले विकास निर्माणको काम सम्पन्न भएका स्थानमा थप विकासका काम हुने र अधुरा कामहरु पूरा गर्नुपर्ने भएकाले आफूले ती अधुरा काम पूरा गर्न उम्मेदवारी दिएको बताए।

प्रकाशित: २७ कार्तिक २०७९ ०४:१२ आइतबार

भरतकुमार शाह आम निर्वाचन २०७९