राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा आमसभा गर्दैछ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपाले आज काठमाडौँमा आमसभा गर्न लागेको हो। राप्रपाले काठमाडौँको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ। उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोईरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।
प्रकाशित: २५ कार्तिक २०७९ ०३:४९ शुक्रबार