राजनीति

निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न निर्देशन दिएका छन्।

धनगढीस्थित आफ्नै निवासमा कार्यकर्ता भेटघाटमा देउवाले निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न निर्देशन दिएका हुन्।  

देउवाले आज कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन्। उनले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका छन्।  

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनेछन्। धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको जनाइएको छ। 

प्रकाशित: २१ कार्तिक २०७९ ०९:१५ सोमबार

शेरबहादुर देउवा