जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन्।
कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरे।
पटकपटक नेतृत्व गरेका नेता असफल भएको उनले बताए। उनले भने, “यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन्।” जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ थियो।
प्रकाशित: २० कार्तिक २०७९ १६:१७ आइतबार