राजनीति

मेरो उम्मेदवारी समग्र काठमाडौँको विकासका लागि हाे: राजेन्द्रप्रसाद श्रेष्ठ

काठमाडौं क्षेत्र नं ७ को प्रतिनिधि सभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उम्मेदवार बनेका राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो उम्मेदवारी समग्र काठमाडौँको विकासका लागि भएको बताएका छन्।  

उनले गैरन्यायिक सडक विस्तार पीडित जनतालाई पुनस्थापित गर्न पनि आफनो उम्मेदवारी रहेको पनि बताए।  काठमाडौँका धेरै स्थानीबासी सडक विस्तारको नाममा भएको घर बिना मुआब्जा भत्काइदिँदा पीडित बनेको भन्दै श्रेष्ठले आफूले विजयी हासिल गर्न सफल भए त्यस्ता पीडितहरुलाई पुनस्थापित गर्ने प्रतिबद्धता जनाए। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले बाबुराम भटराई प्रधानमन्त्री भएको बेला सडक विस्तारका नाममा धेरै काठमाडौँबासीको बिच्चली गरेको बताए।सडक विस्तार गरेर काठमाडौँका स्थानीयबासीलाई अन्याय गरेको उनले बताए।  ‘सडक विस्तार गरेर यहाँं को चाहिँ विदेशी हेर्न आउँंछ, जब कि उनीहरुको देशमै फराकिलो सडकहरु जति पनि छन्, उनले भने, यहाँं विदेशी हेर्न आउने भनेको यहांँका कला, संस्कृति, सम्पदा, परम्परा, जात्रापर्व हो, त्यसकारण बरु यसलाई जोगाउन सक्नुपर्छ। ’, उनले भने।

यो क्षेत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईकी छोरी मानसी यमी भटराईलगायत विभिन्न पार्टी र स्वतन्त्रसहित २९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्।  

उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका श्रेष्ठले आफू पाँच (ज) जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी दिगो विकासको आधार तय गर्न तत्पर रहेको पनि बताए।  काठमाडौँका उतरी भेगमा रहेको यो क्षेत्रमा कुल ६१ हजार मतदाता रहेका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०५:५२ शुक्रबार

राजेन्द्रप्रसाद श्रेष्ठ