राजनीति

ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरे: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाले आरोप लगाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए। बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको बताए।

आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको देउवाले बताए। संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ।

प्रकाशित: १७ कार्तिक २०७९ १३:२९ बिहीबार

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा