राजनीति

आमसभा सम्बोधन गर्न डडेल्धुरा पुगे देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्। देउवा चुनावी प्रचारप्रसारका लागि आयोजित आमसभालाई सम्बोधन गर्न आज डडेल्धुरा पुगेका हुन्।

आगामी मंसिर ४ गते  हुने चुनावका लागि देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार छन्।

उनलाई गठबन्धन दलका नेता तथा कार्यकर्ताहरू स्वागत गरेका छन्। त्यस्तै देउवालाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि फूलमाला लिएर बसेका थिए।

देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ। उनी २० कात्तिकमा काठमाडौं फर्कने छन्। देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित: १७ कार्तिक २०७९ ०९:४६ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा