राजनीति

ठूला दलप्रति रबिको धारणा: दाईले भाइलाई छान्ने,भाइले दाइलाई छान्ने नातावाद र कृपावादमा आधारित

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ। एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘हामी र हाम्रो वाचा’ को नाम दिइएको छ।

घोषणापत्रमा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी, नेकपा एकीकृत समावादी, मधेश केन्द्रित दल र राप्रपा लगायतका दलहरुप्रति पार्टी धारणा उल्लेख गरिएको छ। एमाले,कांग्रेस, माओवादी र एस पार्टीको सिद्धान्त र वादहरु फरक फरक भएपनि काम र व्यवहार एउटै भएको घोषणापत्रमा उल्लेख छ।  

‘पदीय बाँडफाँड तथा टिकट वितरणमा प्रारम्भिक निर्वाचन जस्तो लोकतान्त्रिक प्रक्रिया नपछ्याएर चाकडी, दाईले भाइलाई छान्ने,भाइले दाइलाई छान्ने जस्तो नातावाद र कृपावादमा आधारित कार्यकर्ताको आधारिकारिता वितरण, राजनैतिक पदहरुमा बहाली र टिकट वितरण भएकोले दलभित्र व्यवहारमा लोकतन्त्रको प्रयोग हुन सकेको छैन भने सोही धरातलबाट राज्य सञ्चालन सम्पूर्ण मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण रहेको छ।’, घोषणापत्रमा लेखिएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:१८ बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी