राजनीति

मेरो उम्मेदवारी मुख्यमन्त्रीको लागि: शाक्य

नेकपा (एमाले)को तर्फबाट काठमाडौ क्षेत्र नं. ८ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजेश शाक्यले आफ्नो उम्मेदवारी बागमती प्रदेशको मुख्यमन्त्रीको लागि भएको बताएका छन्।

एमालेले त्यसैका लागि आफूलाई पुनः उम्मेदवारी उठाएको सोही क्षेत्रबाट यसअघिको प्रदेशसभा सदस्यमा निर्वाचित शाक्यले दाबी गरे। मंगलबार पत्रकारहरुसँंग उनले एमालेले गएको प्रदेशसभा निर्वाचनमा निर्वाचितहरु ५८ जनामध्ये आफूसहित त्यसका लागि १७ जनालाई पुन: दोहाेर्‍याएको उनको भनाइ थियो।

गएको पटक पनि विजयी भएका अनुभवीलाई बागमती प्रदेशको मुख्यमन्त्रीका साथै प्रदेश सरकारको नेतृत्वदायी भूमिकाका लागि मसहित केही साथीहरुलाई पुनः पार्टीले दोहाेर्‍याइएको हो, उनले दाबी थियो।  

उनी गएको २०७५ सालको प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पूर्व संविधानसभाका सदस्य राज्यलक्ष्मी श्रेष्ठलाई एक हजार सात सय ७४ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेला उनले सात हजार सात सय ८० मत पाएका थिए।

उनले यसपटक पनि काँग्रेस नै प्रतिस्पर्धी रहको बताए। यसपटक काँग्रेसकातर्फबाट २०७४ सालको स्थानीय निकायको निर्वाचनमा काठमााडौँ महानगरपालिकाको निर्वाचनमा मेयर पदमा पराजित भएका राजुराज जोशीसँंग नै आफ्नो प्रतिस्पर्धा हुने उनले बताए। 'तर पनि मेरो जित यो पटक पनि निश्चित छ, उनले भने, यो पटक अझ बढी फराकिलो मतका साथ मलाई विजयी गराउँनुहुने छ।' 

प्रकाशित: १५ कार्तिक २०७९ १२:३८ मंगलबार

नेकपा (एमाले)को तर्फबाट काठमाडौ क्षेत्र नं. ८ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजेश शाक्य