राजनीति

एमाले फोड्न मध्यरातसम्म संसद बैठक राखेर अध्यादेश जारी गरियाे : ओली

एमाले अध्यक्ष केपी ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन्। चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले सो कुरा बताएका हुन्। 

एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे। ‘ एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो। विकासका निम्ति प्रतिबद्ध छौं,’ उनले भने।

प्रकाशित: १५ कार्तिक २०७९ ०९:४९ मंगलबार