राजनीति

एमालेसँग मात्र देश बनाउने भिजन छ: ओली

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन्। चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको दाबी गरे।

‘हामीसँग १२१ सिट उपलब्ध थियो। बहुमत थिएन। सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो। सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो। फागुन ३ गतेसम्म सरकार बन्न दिइएन। निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो। अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं। तर त्यो टिकाउ भएन। जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्,’ ओलीले भने।

प्रकाशित: १५ कार्तिक २०७९ ०९:३६ मंगलबार