राजनीति

घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरेका छौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरिएको बताएका छन्।  

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताताएका हुन्। 

उनले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताए। उसमग्र समृद्धिको संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्ने कुरालाई पार्टीले केन्द्रमा राखेको पनि उनले दाबी गरे।  

महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गरे। उनले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिवद्धता व्यक्त गरे।  

प्रकाशित: १२ कार्तिक २०७९ ०७:११ शनिबार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा