निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई पुरस्कृत गर्ने भएको छ।
आइतबार निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडिओलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
टिकटक भिडिओ प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडिओ बनाएर आयोगको इमेल ठेगानामा कात्तिक १५ गतेभित्र पठाइसक्नुपर्ने जनाएको छ। प्राप्तमध्ये उत्कृष्ट पाँच वटा भिडिओलाई जनही ५० हजार रूपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने आयोगले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०७९ ०२:०० सोमबार