राजनीति

कार्यकर्तालाई पौडेलको आग्रह: हँसिया हथौडामा भोट हाल्दा मनमा कुनै संशय नराख्नू

फाइल तस्बिर।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा मतदान गर्दा मनमा कुनै  संशय नराख्न आग्रह गरेकन छन्।  

वरिष्ठ नेता पौडेलले माओवादीको हसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरे। ‘लोकतन्त्रको रक्षा, दीगो शान्ति कायम गर्न, उन्नतिलाई अघि बढाउन गठबन्धन दलको जीत आवश्यक छ’, उनले भने, ‘संविधान मास्ने, राष्ट्रलाई अन्धकारतर्फ धकेल्नेप्रति सजक हुनुपर्छ।’

वरिष्ठ नेता पौडेलले केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताए। उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए। नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।

प्रकाशित: ६ कार्तिक २०७९ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App