राजनीति

प्रतिगमनविरूद्वको मोर्चा कर्णालीबाट सुरूवात भएको हो: माधव नेपाल

फाइल तस्बिर।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरूद्वको मोर्चा कर्णालीबाट सुरूवात भएको बताएका छन्। 

पाँच दलीय गठबन्धनले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले कर्णालीमा तत्कालीन नेकपा एमालेका आफू निकटका चार जना सांसदहरूले फ्लोरक्रस गरेर प्रतिगमनका नाइके एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा ब्रेक लगाएको बताए। ‘कर्णाली प्रदेशमा प्रतिगमनका पक्षपोषकहरूले बहुमत शिद्व गर्न खोजेका थिए’, पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘त्यहीँ बेला यहाँका वीर योद्वाहरूले खेलेको भूमिकाले नयाँ सन्देश दियो, प्रतिगमनमाथि ब्रेक लाग्यो।’

नेपालले एमाले अध्यक्ष ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए। ‘त्यसको पछिल्लो उदाहरण संघीयता, गणतन्त्र र धर्म निरपेक्षता विरोधीसँग गरिएको चुनावी साँठगाँठले पुष्टि गर्छ’ उनले भने, ‘पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता र पवित्र छ।’

प्रकाशित: ६ कार्तिक २०७९ ०९:५७ आइतबार

माधवकुमार नेपाल