राजनीति

धनगढी र सुर्खेतमामा आज सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला गर्दै छ। ती भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।  

आज कणालीको राजधानी सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा गठबन्धनले भेला गर्न लागेको हो। दुवै भेलालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ।  

गठबन्धनले गत शुक्रबारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ। 

प्रकाशित: ६ कार्तिक २०७९ ०३:३९ आइतबार

सत्ता गठबन्धन