राजनीति

ओलीलाई देउवाको प्रश्न: एमालेले गठबन्धन गर्न हुने, हामीले नहुने?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका निम्ति बनेको  पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताएका छन्।

विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंगमा अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गरेका छन्। ‘ओलीले पनि  गठबन्धन गर्नुभएकै छ। उहाँले गर्दा हुने हामीले गर्न नहुनेरु’ उनको प्रश्न छ।

गठबन्धनबारे कुनै पनि द्वविधामा नरहने देउवाले कार्यकर्तालाई आग्रह गरेका छन्।‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ। कुनैपनि हालतले गठबन्धनले जित्नुपर्छ,’ उनले भने।

उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै हँसिया हथौडामा भोट हालिसकेको बताए। उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन आग्रह गरे।

प्रकाशित: ५ कार्तिक २०७९ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App