राजनीति

प्रधानमन्त्री देउवा पोखरामा

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन्। पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न देउवा पोखरा आएका हुन्।

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन्। पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए।  

प्रकाशित: ३ कार्तिक २०७९ १०:२२ बिहीबार